Comments Add Comment

मड्रिड डर्बीमा रियलको शान, एट्लेटिकोको अपराजित यात्रा टुङ्गियो

२८ मंसिर, काठमाडौं । स्पानिस ला लिगा अनतर्गत मड्रिड डर्बीमा रियलले एट्लेटिकोलाई २-० ले पराजित गरेको छ । डर्बीमा हारपछि एट्लेटिकोको यस सिजन लिगमा अपराजित यात्रा समेत टुङ्गिएको छ ।

घरेलु मैदानमा रियलले दुवै हाफमा एक एक गोल गरेको थियो । १५औं मिनेटमा कासेमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा भने रियलले गोल उपहार पायो । ६३औं मिनेटमा रिलका डानी कर्भाजलले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार पोष्टमा लाग्दै एट्लेटिकोका गोलकिपर जान अब्लाकको ढाडमा लागेर गोल भएको हो ।

जितपछि १२ खेलबाट २३ अंक जोड्दै रियल तेस्रो स्थानमा छ र शीर्ष स्थानको एट्लेटिको र दोस्रो स्थानको सोसिडाडसँग अंक दूरी घटाएको छ । हारपछि पनि एट्लेटिको २६ अंकसहित शीर्ष स्थानमै छ । यद्यपी एट्लेटिकोले एक खेल कम खेलेको छ । यस्तै १२ खेल खेलेको सोसिडाड २५ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै अर्को खेलमा काडिजलाई १-० ले पराजित गर्दै सेभिया पाँचौ स्थानमा उक्लेको छ । ८१औं मिनेटमा काडिजका ज्याभिएर एट्जेइटाले गरेको आत्मघाती गोल नै सेभियालाई ३ अंक दिलाउन निर्णायक बन्यो । ११ खेलबाट सेभियाको १९ अंक छ ।  १२ खेलबाट १८ अंक रहेको काडिज छैटौं स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment