
२८ मंसिर, काठमाडौं । फ्रान्समा सरकारले ल्याउन लागेको सुरक्षा विधेयकको विरुद्धमा निरन्तर प्रदर्शन भइरहेको छ । सरकारले प्रहरी अधिकारीहरुको फोटो र भिडियो लिनुलाई आपराधिक कार्यको सूचीमा राख्ने तयारी गरेसँगै फ्रान्समा आन्दोलन चर्किएको हो ।
शनिबार पनि आन्दोलनकारीहरुले सरकारको नयाँ विधेयकको विरुद्धमा विरोध प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले हिंसात्मक समूहसँग निकट मानिएका, स्टोर र सवारी तोडफोड गर्ने र प्रहरी अधिकारीमाथि आक्रमणमा उत्रिने गरेका प्रदर्शनकारीहरुलाई लक्षित गरेको थियो । सो क्रममा शनिबार मात्र १४२ प्रदर्शनकारीहरु पक्राउ गरिएको फ्रान्सको गृह मन्त्रालयले बताएको छ ।
प्रदर्शनकारीहरुले सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रताको विरुद्धमा रहेको बताउँदै आएक छन् । यद्यपि सरकारले भने प्रहरी अधिकारीको सुरक्षाका लागि यो विधेयक ल्याउन लागेको दाबी गर्दै आएको छ । फ्रान्समा प्रहरी दमनको केही भिडियोहरु सार्वजनिक भएसँगै फ्रान्सले यस्तो विधेयक ल्याउने तयारी गरेको हो ।
स्रोत : अलजाजिरा
प्रतिक्रिया 4