Comments Add Comment

७ वर्षकी बालिकाले ८० किलो वजन उठाएर बनाइन् विश्व कीर्तिमान

एउटा ७ वर्षको बच्चाले आफ्ना अभिभावकको सहयोगविना खासै के पो काम गर्न सक्दछ र ? तर क्यानडाकी एक बच्चीचाहिँ अपवाद बनेकी छिन् ।

४ फिट अग्ली ती ४ वर्षीया बालिकाको शरीर यति बलियो छ कि जो कोहीलाई पत्याउन गाह्रो पर्दछ ।

रोरी भेन उल्फत नामकी ती बालिका संसारकै सबैभन्दा बलवान बालिका हुन् । रोरीले ८० किलो तौल उठाएर विश्व कीर्तिमान कायम गरेकी छिन् । ७ वर्षको उमेरमा यतिधेरै तौल उठाउन अहिलेसम्म कसैले सकेको थिएन ।

रोरीलाई भारत्तोलनमा ८० किलोको डेडलिफ्ट र ६१ किलोको स्क्वाड गर्नु साँच्चीकै बच्चाको खेल जस्तो हो । साथै उनले स्न्याचमा ३२ र क्लिन एण्ड जर्कमा ४२ किलोग्राम तौल सजिलैसँग उठाइदिन्छिन् ।

यी बालिकाले इतिहासकै सबैभन्दा कम उमेरमा भारत्तोलनको अमेरिकी यूथ च्याम्पियनको समेत उपाधि जितेकी छिन् ।

४ फिट अग्ली रोरीले २ वर्षअघि अर्थात् ५ वर्षको उमेरदेखि नै भारत्तोलनको तालिम लिन सुरु गरेकी थिइन् । यो २ वर्षमै उनले धेरैले कल्पना नै नगरेको कीर्तिमान कायम गरेकी छन् ।

उनले हालै अमेरिकी भारत्तोलन च्याम्पियनसीप अन्तरगत ३० केजीमुनिको समूहमा अण्डर ११ र अण्डर १३ दुवै उमेर समूहमा राष्ट्रिय च्याम्पियनको उपाधि जितिन् ।

रोरी भन्छिन्, ‘मलाई मजबूत बन्न मन पर्दछ, मैले जेसुकैका लागि प्रयास गर्दछु र त्यसमा सफलता पनि मिलिरहेको छ । यस क्रममा पहिले के भएको थियो र पछि के होला ? भन्ने कुरामा मेरो ध्यान जाँदैन । मैले केही पनि कुरा सोँच्दिन । मेरो दिमाग सफा राख्दछु र केवल आफ्नो काममा मात्र ध्यान राख्दछु ।’

रोरीका बुवा क्याभनले आफ्नी छोरी संसारकै सबैभन्दा बलियो बच्ची रहेको दाबी गर्दछन् ।

हाल ३ कक्षामा पढ्ने रोरी क्यानडाको राजधानी ओटावामा आफ्ना बुवाआमा तथा भाइसँग बस्छिन् । उनी हप्तामा ९ घण्टा तालिम गर्दछिन् ।

खेल जगतमा मात्र होइन सोसल मिडियामा समेत सेलिब्रेटी बनिसकेकी रोरीका इन्स्टाग्राममा डेढ लाखभन्दा धेरै फलोअर्स छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment