Comments Add Comment

साउथह्याम्पटन तेस्रो स्थानमा उक्लियो

२८ मंसिर, काठमाडौं । शेफिल्ड युनाइटेडमाथि सहज जित हात पार्दै साउथ्याम्पटन इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा आइतबार भएको खेलमा साउथह्याम्पटनले शेफिल्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो । सेन्ट म्यारी स्टेडियममा भएको खेलमा साउथह्याम्पटनले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो ।

३४औं मिनेटमा चे एडम्सको गोलमार्फत साउथह्याम्पटनले अग्रता लिएको थियो । स्टुअर्ट आम्स्ट्रोङले ६२औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे भने ८३औं मिनेटमा नाथन रेडमोन्डले गोल गरेपछि साउथह्याम्पटनको जित पक्का भयो ।

जितसँगै १२ खेलबाट २३ अंक जोडेको साउथह्याम्पटन तेस्रो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment