Comments Add Comment

मेसीको एक मात्र गोलमा बार्सिलोना विजयी

२९ मंसिर, काठमाडौं । कप्तान लिओनल मेसीको निर्णायक गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा गएराति लेभान्टेलाई पराजित गरेको छ । मेसीले दोस्रो हाफमा गरेको गोलमा बार्साले घरेलु मैदानमा लेभान्टेलाई १-० ले पराजित गरेको हो ।

क्याम्प नोउमा भएको खेलमा मेसीले ७६औं मिनेटमा फ्रेन्की डे जोङको पासमा गोल गरे ।

जितपछि ११ खेलबाट १७ अंक जोड्दै बार्सिलोना अंक तालिकामा आठौं स्थानमा उक्लेको छ । १२ खेलबाट ११ अंक रहेको लेभान्टे पूछारबा६ तेस्रो अर्थात रेलिगेसन जोनमा रहेको छ ।

लिगकै अन्य खेलमा भियारियाल रियल बेटिससंग १-१ को बराबरीमा रोकिएको छ । पाँचौ मिनेटमा पाउ टोरसले गोल गर्दै भियारियाललाई अग्रता दिलाए पनि ५१औं मिनेटमा बइटोर रुइबालले बेटिसका लागि बराबरी गोल पर्काए ।

बराबरीपछि तेस्रो स्थानमा उक्लने मौका गुमाएको भियारियाल १३ खेलबाट २२ अंकसहित चौथो स्थानमै यथावत छ । यस्तै इल्चेलाई १-० ले पराजित गर्दै ग्रानाडा सातौ स्थानमा उक्लेको छ । ग्रानाडाका लागि लइस सुरेजले गोल गरे । ग्रानाडाले १२ खेलबाट १८ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment