+

एक च्यालेन्ज, जसले नेमारलाई स्ट्रेचरमा मैदान छाड्न बाध्य बनायो

२०७७ मंसिर  २९ गते १३:०२ २०७७ मंसिर २९ गते १३:०२
एक च्यालेन्ज, जसले नेमारलाई स्ट्रेचरमा मैदान छाड्न बाध्य बनायो

२९ मंसिर काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनबीचको खेलको नतिजा नेमारले भोगेको गम्भीर चोटले छायामा पार्‍यो ।

घरेलु मैदानमै पीएसजी लियोनसँग १-० ले पराजित भएको थियो । खेल अवधिभर नेमारलाई विपक्षी खेलाडीले ६ पटल फाउल गरेका थिए ।

छैटौं फाउल खेलको इन्जुरी टाइमको छैटौं मिनेटमा थियो । थियागो मेन्डेसको खराब ट्याकलका कारण नेमार घाइते भएर मैदान छाड्न बाध्य भए ।

त्यस घटनापछि ब्राजिलियन फरवार्डको आँखामा आँशु देखियो ।

खेलका रेफ्री रेफर बेनोइट बास्टिजले सुरुमा मेन्डेसलाई पहेँलो कार्ड देखाएका थिए । तर पिचसाइड मोनिटरमा घटनाको समीक्षा गरेपछि उक्त सजायलाई रातो कार्डमा अपग्रेड गरिएको थियो ।

नेमार फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय