Comments Add Comment

लिभरपुलका जोटा ६ साता मैदान बाहिर

काठमाडौं । बप्रिमियर लिग क्लब लिभरपुलका फरवार्ड डिएगो जोटा कम्तीमा ६ साता मैदान बाहिर रहने भएका छन् ।

बुधबार च्याम्पियन्स लिगमा लिभरपुरलले मिट्जिल्याण्डसँग १-१ को बराबरी खेल्दा २४ वर्षीय पोर्चुगिज फर्वाडको घुँडामा चोट लागेको थियो । ‘हामीले सुरुमा सोचेभन्दा यो खराब छ’ लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले स्काइ स्पोर्ट्ससँग भने, ‘शल्यक्रिया गर्नुपर्छ कि भन्ने थियो । शल्यक्रिया आवश्यक परेन । तर उनी केही समय बाहिर हुनेछन् ।’

सेप्टेम्बरमा वल्भ्सबाट लिभरपुल पुगेयता उनले ९ गोल गरिसकेका छन् ।

उनी घाइते हुँदा लिभुरपुर थप दबावमा हुनेछ । यसअघि नै डिफेण्डरहरु भर्जिल भान डाइक, जोए गोमेज र कोन्स्टानतिनोस, मिडफिल्डर जेम्स मिल्नर, थियागो अलकान्टार र जेर्दान शाकिरी चोटका कारण मैदान बाहिर छन् ।

गोलकिपर एलिसन बेकर र मिडफिल्डर एलेक्स ओलेड च्याम्बरलाइन भने आइतबार फुलहम विरुद्धको खेलमा साइडलाइनमा फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment