Comments Add Comment

सुर्खेतमा सरकारलाई कांग्रेसको प्रश्न – लाज छैन ?

२९ मंसिर, सुर्खेत । नेपाली कांग्रेसले सुर्खेतमा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको र्‍याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर कोणसभामा परिणत भएको थियो ।

जिल्लाका विभिन्न स्थानबाट वीरेन्द्रनगर पुगेका कांग्रेसका नेता कार्यकर्ताहरुले सडकमा विरोध र्‍याली प्रदर्शन गरेका छन् । उनीहरुले ‘देशमा औषधि छैन, मल छैन, सत्ताको लडाइ, लाज छैन ?, ‘अति भो-अति भो, मुलुककै छवि क्षति भो’, ‘दुई तिहाइको सरकार देखियो, न्यायको घाँटी रेटियो’लगाएतका प्लेय कार्डसमेत बोकेका थिए ।

सभालाई सम्बोधन गर्दै कांग्रेस नेता एवंम् पूर्व सूचना तथा सञ्चार राज्य मन्त्री तप्तबहादुर विष्टले नेकपा सरकारले ३ वर्षसम्म राम्रो काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएकाले कांग्रेस सडकमा आएको बताए ।

नेता विष्टले कम्युनिस्टको सरकार कमाउनिस्ट भएको आरोप लगाए । उनले जताततै भ्रष्टाचारले जरो गाडेको बताउँदै विमानदेखि महामारीबेला औषधि खरिद गर्दासमेत मन्त्रीहरुले भ्रष्टाचार गरेका आरोप लगाए ।

‘कम्युनिस्ट भनेको त कमाउनिस्ट रहेछन् । यस्तो सरकारबाट कस्तो विकासको आश गर्नु ?’ उनले भने, ‘महामारीबेला समेत औषधि खरिद गर्दासमेत मन्त्रीहरुले नै भ्रष्टाचार गरे ।’

त्यस्तै कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सरकार अधिनायक बादमा लम्किदा कांग्रेसले देशैभर प्रर्दशन गरेको बताए । ‘यो टेलर मात्रै हो । अब कांग्रेसले फिल्मनै देखाउँछ,’ सभापति रेग्मीले भने ।

उनले अहिले देशभर भ्रष्टाचार र महङ्गी, हत्या, हिसां र बलत्कार बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाए । ‘सत्ता र कुर्सी बाँडफाँडमा कम्यूनिस्टहरु अल्झिरहेका छन,’ उनले भने, ‘तर जनाता कोरोनाको मारमा छन् । नेकपा पतनको सुरुआत भै सक्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment