+
+

यस्ता छन् सन् २०२० मा ट्वीटरमा सर्वाधिक चर्चित ह्यासट्याग

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १२:५५

माइक्रो ब्लगिङ साइट ट्वीटरमा चालु वर्ष सन् २०२० मा विभिन्न विषयहरु चर्चामा रहे । तथापि मुख्य दुईवटा विषय यस वर्ष सर्वाधिक चर्चामा रहन सफल भए ।

यो वर्ष ट्वीटरमा सबैभन्दा बढी चर्चित विषयका रुपमा विश्वमा जारी कोरोना भाइरस महामारी र अमेरिकामा चलेको कालोजातिका मानिसहरुको अधिकारको आन्दोलन रहेका छन् ।

अमेरिकामा चलेको Black Lives Matter  आन्दोलन र कोरोना भाइरस महामारीसँग सम्बन्धि ह्यासट्याग ट्वीटरमा सर्वाधिक लोकफ्रीय बने ।

यी दुईमध्ये कोभिड-१९ को ह्यासट्यास सर्वाधिक चर्चित ह्यासट्यागको पहिलो नम्बरमा रहेको छ । कोरोना भाइरस सँग सम्बन्धित विभिन्न ह्यासट्यागहरु ४० करोड पटक प्रयोग भएको छ । जसको प्रयोग अझै पनि तीव्ररुपमा भैरहेको छ ।

त्यस्तै #BlackLivesmatter दोश्रो सर्वाधिक लोकप्रिय ह्यासट्याग रहेको छ ।

ट्वीटरका अनुसार ट्वीटर प्लाटर्फममा सर्वाधिक चर्चामा रहने विषयहरुमा राजनीतिक तथा सामाजिक विषयहरु रहेका छन् ।

त्यस्तै तेश्रो सर्वाधिक चर्चित ह्यासट्याग #StayHome रहेको छ ।

यस वर्ष ट्वीटरमा सर्वाधिक लाइक्स प्राप्त गर्न सफल ट्वीटको रुपमा अमेरिकी अभिनेता चाडविक बोसम्यानको मृत्युसम्बन्धी समाचार रहेको छ । बोसम्यानका परिवारले उनको ट्वीटर अकाउन्टमा सार्वजनिक गरेको मृत्युको खबरमा ७५ लाख लाइक्स प्राप्त भएका छन् । उक्त खबरको ट्वीट सबैभन्दा धेरैपटक अर्थात् २१ लाख पटक रिट्वीट भएको छ।

त्यस्तै अमेरिकी राष्ट्रपति बाराक ओबामाले बास्केटबल खेलाडी कोबे ब्राएन्टको मृत्यु सम्बन्धमा गरेको ट्वीट सर्वाधिक लाइक्स पाउने दोश्रो ट्वीट बनेको छ । ओबामाको उक्त ट्वीटमा ३९ लाख पटक रिटि्वट प्राप्त भएका छन् ।

ट्वीटरले सार्वजनिक गरेको तथ्य अनुसार यस वर्ष विश्वभरमा चुनाव सम्बन्धी ७० करोड ट्वीट भएका छन् भने डोनाल्ड ट्रम्प, जो बाइडन, बाराक ओबामा, नरेन्द्र मोदी र कमला ह्यारिस ट्वीटरमा सर्वाधिक चर्चा गरिएका व्यक्तित्वको रुपमा रहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?