
३० मंसिर, काठमाडौं । पशुपतिनाथ मन्दिरमा मंगलबार क्षमा पूजा गरिएको छ । प्राचीनकालदेखि नियमितरुपमा पूजा हुँदै आएकोमा कोरोना संक्रमणको जोखिमका कारण ९ महिनादेखि बन्द गरिएकोले क्षमा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।
क्षमा पूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान पशुपतिनाथ पुगेकी थिइन् ।
मगलबार क्षमा पूजा गरिएपछि भोलि (पुस १ गते बुधबार)देखि सर्वसाधारणका लागि खोल्न लागिएको पनि पशुपति क्षेत्र विकास कोषले बताएको छ ।
पहिलो चरणमा मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश गर्न दिइने छ भने सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।
मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनु पर्नेछ । मन्दिरभित्र हुने विषेश पूजा, भजनकीर्तनलगायतका क्रियाकलाप भने अहिले सुरु नहुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4