+
+
Shares

उत्तर प्रदेश विधानसभा चुनाव लड्ने आपको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १३:३४

३० मंसिर, काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीले २०२२ मा उत्तर प्रदेश विधानसभा चुनाव लड्ने घोषणा गरेका छन् ।

आपका प्रमुख समेत रहेका उनले उत्तर प्रदेशका जनताले विकल्प खोेजेको बताए । ‘दिल्लीका जनताले तीन पटक मुख्यमन्त्री बनाए । पञ्जाबमा हाम्रो पार्टी विपक्षमा छ’ उनले भनेका छन्, ‘यूपीका मानिसहरु दिल्लीमा ठूलो सख्ंयामा छन् । उनीहरुले हामीलाई आग्रह गरेका छन् कि आपले त्यहाँ पनि चुनाव लडोस् ।’

भ्रष्ट राजनीतिका कारण यूपीमा विकास हुन नसकेको उनले बताए । केजरीवालले भनेका छन्, यूपीका मानिसहरु पढाई र उपचारका लागि किन दिल्ली आउनुपर्छ ? यदि दिल्लीको सरकारी अस्पताल सबैभन्दा राम्रो बन्नसक्छ भने यूपीको किन सक्दैन ? दिल्लीको सरकारी स्कुल राम्रो हुनसम्छ भने यूपीको किन हुन सक्दैन ? यूपीमा विजुलीको बिल किन कम हुन सक्दैन ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?