Comments Add Comment

वीरगञ्जबाट २१० क्विन्टल प्याज बरामद

फाइल तस्वीर

३० मंसिर, वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट ठूलो परिमाणमा प्याज बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–६ कुम्हालटोलबाट २१० क्विन्टल भन्दा बढी प्याज बरामद भएको हो ।

बलिरामजी प्रसाद कलवारले वीरगञ्ज–६ कुम्हालटोलमा सञ्चालन सञ्चालन गरेको पसलबाट २१० क्विन्टल ४३६ किलो प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भन्सार छलेर अवैध रुपमा भित्र्याइएको प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी गंगा पन्तले जानकारी दिइन् । उनका अनुसार ५० किलोको ३ सय ९२ बोरा, १८ किलोको १ सय २ बोरा प्याज बरामद भएको छ । बरामद गरिएको प्याजलाई वीरगञ्ज भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको छ ।

एकैपटक ठूलो परिमाणमा प्याज बरामद भएपछि रक्सौलबाट गाडीमा नै प्याज भित्रिएको हुनसक्ने आशंका गरिएको छ । वीरगञ्जमा पाँच किलो प्याजको ४ सय ५० रुपैयाँ परिरहेको छ भने सीमावर्ती शहर रक्सौलमा त्यो भन्दा निकै सस्तोमा प्याज पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment