
३० मंसिर, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कार्यक्रममा सहभागी हुन भन्दै जोन्सोनलाई गत ३ जनवरीमा निमन्त्रणा पठाएका थिए ।
भारतले २६ जनवरीमा मनाउने गणतन्त्र दिवसमा सहभागी हुने उनी दोस्रो बेलायती प्रधानमन्त्री हुनेछन् । जोन्सन प्रधानमन्त्री भएयता उनको यो पहिलो महत्वपूर्ण द्विपक्षीय विदेश भ्रमण पनि हो ।
भारतको निम्तो स्वीकार्दै जोन्सनले भारतलाई आगामी वर्ष बेलायतमा हुने जि ७ को शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रण गरेका छन् । मोदीले आमन्त्रण स्वीकारे उक्त शिखर सम्मेलनमा तीन पाहुना राष्ट्रका रुपमा दक्षिण कोरिया र अष्ट्रेलियासँगै भारतको सहभागिता रहने छ ।
जोन्सनले भनेका छन्, ‘म अर्को वर्ष हुने भारत भ्रमणलाई लिएर निकै उत्साहित छु । यसले हाम्रो द्विपक्षीय सम्वन्ध नयाँ उचाईमा पुग्नेछ ।’
जोन्सनको भारत भ्रमणका क्रममा दुई देशबीच रक्षा, स्वास्थ्य, व्यापार तथा लगानीका क्षेत्रमा विभिन्न सम्झौता हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया 4