
३० मंसिर, काठमाडौं । पाकिस्तानमा बलात्कारीलाई केमिकल प्रयोग गरेर नपुंसक बनाउने कानुन आएको छ ।
मंगलबार राष्ट्रपतिले बलात्कारविरोधी नयाँ कानुनमा हस्ताक्षर गरेका हुन्, जसमा बलात्कारसम्बन्धी मुद्दाको छिटो सुनुवाईका साथै कडा सजायको प्रावधान छ ।
यो अध्यादेशअनुसार यौन अपराधमा संलग्नहरुको नेशनल रजिस्टर तयार गरिनेछ र पीडितको पहिचान गोप्य राखिनेछ । सुनुवाईका लागि स्पेशल फास्ट ट्र्याक कोर्ट गठन गरिनेछ र यो अदालतले चार महिनामा सुनुवाई प्रक्रिया पुरा गर्नेछ ।
बलात्कारमा संलग्न अपराधीलाई केमिकल दिएर नपुंसक बनाउन सकिने व्यवस्था पनि अध्यादेशमा छ ।
प्रधानमन्त्री इमरान खान नेतृत्वको क्याबिनेटले पछिल्लो महिना यो अध्यादेश सिफारिस गरेको थियो । मंगलबार राष्ट्रपति आरिफ अल्वीले जारी गरेका छन् ।
अब संसदबाट पास गराउन १२० दिन छ ।
सन् २०१६ मा इण्डोनेसियाले बच्चामाथि यौन अपराध गर्नेलाई केमिकल प्रयोग गरेर नपुंसक बनाउने कानुन ल्याएको थियो । २००९ मा पोल्याण्डले पनि बच्चाको बलात्कार गर्ने वयस्कका लागि यही सजाय दिने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया 4