Comments Add Comment

एप्पलले ल्यायो ‘पहिलो’ हेडफोन

काठमाडौं । एप्पलले आफ्नो अडियो एसेसरिजको रुपमा रहेको एयरपड्सको ब्राण्डमा एक नयाँ हेडफोन सार्वजनिक गरेको छ । एयरपड्स म्याक्स नामक उक्त डिभाइस कान बाहिर लगाउने एप्पलको पहिलो हेडफोन हो । हालसम्म एप्पलका एयरपड्स कानको प्वालमै जडान गर्ने खालका थिए ।

एप्पलले ल्याएको एयरपड्स म्याक्स वायरलेस हेडफोनको रुपमा रहेको छ । एक्टिन न्वाइज क्यान्सिलेसन फिचरयुक्त उक्त हेडफोनको मूल्य ५ सय ४९ अमेरिकी डलर तोकिएको छ । यो फिचरका कारण हेडफोनले पृष्ठभूमिको हल्लालाई निस्तेज पार्नेछ र प्रयोगकर्ताले पृष्ठभूमिमा रहेका जहाजको आवाज तथा निर्माण कार्य जस्ता ठूला आवाजबाट समेत डिस्टर्ब नभइकन हेडफोनबाट आफूले सुन्न चाहेको कुरा सुनिरहन सक्दछन् ।

यसका साथै हेडफोनमा transparency फिचर रहेको छ । जसका कारण हेडफोन सुनिरहँदा प्रयोगकर्ताले बाह्य वातावरणको आवाज तथा आफ्नै बोली समेत सुन्न सक्नेगरी सेटअप गर्न सक्नेछ ।

यो हेडफोनमा एप्पलको एच वान चिप रहेको छ । जसका कारण हेडफोनलाई एप्पलका अन्य डिभाइससँग पेयर गर्न सकिन्छ । साथै यसले आवाजको गुणस्तरमा वृद्धि गर्नुका साथै ब्याट्री लाइफमा वृद्धि गर्ने र सिरीलाई सक्रिय बनाउने गर्दछ ।

यो हेडफोनसँगै एप्पलले वायरलेस हेडफोनको बजारमा सोनीको WH-1000XM4 र Bose 700 सँग सिधै प्रतिस्पर्धा गर्नुपर्नेछ । एप्पलले यो वायरलेस हेडफोनलाई मंगलबार अर्थात् डिसेम्बर १५ देखि अमेरिका तथा अन्य विभिन्न २५ वटा देशको बजारमा उपलब्ध गराउन थालेको छ ।

एयरपड्स म्याक्स सिल्भर, स्पेस ग्रे, स्काइ ब्लु, गुलाबी र हरियो रङमा उपलब्ध छ । यो हेडफोन फोल्डेबल रहेका कारण फोल्ड गरेर खोलमा राख्न सकिन्छ । उक्त खोललाई एप्पलले स्मार्ट केस भनेको छ । किनकी उक्त खोलमा राखिसकेपछि हेडफोन अल्ट्रा लो पावरको अवस्थामा जान्छ र ब्याट्री कम खपत हुन्छ । एप्पलका अनुसार यस हेडफोनको ब्याट्री लाइफ २० घण्टाको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment