+
+

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १७:३१

१ पुस, सुर्खेत । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख ठाँटीकाँध गाउँपालिका–१ का २७ वर्षीय दिनेश शाही रहेका छन् ।

दुल्लु–सुर्खेत सडक खण्डमा सुर्खेतदेखि दैलेख डाँडीमाडी चामल लिएर जाँदै गरेको भे १ त ७४८१ नम्बरको ट्रयाक्टर दुल्लु नगरपालिका–४, कालाखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार ट्याक्टर रोडभन्दा करिब २५ मिटर तल खोल्सामा खस्दा शाहीको घटना स्थलमै मृत्यु भएको थियो । पोष्टमार्टमका लागि शवलाई दुल्लु अस्पतालको शव गृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?