Comments Add Comment

जाफ्ना स्टालियन्सले जित्यो पहिलो संस्करणको एलपीएलको उपाधि

२ पुस, काठमाडौं । जाफ्ना स्टालियन्सले श्रीलंकामा आयोजना भएको पहिलो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) ६२० फ्रेन्चाइज क्रिकेटको उपाधि जितेको छ ।

बुधबार भएको फाइनलमा सोएब मल्लिकको अलारउण्ड प्रदर्शनमा जाफ्नाले गाल्ले ग्लाडिएटर्सलाई ५३ रनले पराजित गरेको हो ।

हमबानटोटास्थित महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जाफ्नाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । जवाफमा गाल्लेले २० ओभर खेल्दै ९ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

जाफ्नाका लागि म्यान अफ दि म्याच बनेका मल्लिकले ब्याटिङमा ४६ रन बनाए भने बलिङमा २ विकेट लिए ।

मल्लिकै ४६ रन र कप्तान थिसारा परेसाको आक्रमक ब्याटिङ मद्दतमा जाफ्नाले उच्च स्कवर बनाएको थियो । मल्लिकले ३५ बल खेल्दै ३ चौका १ छक्का मद्दतमा सर्वाधिक ४६ रन बनाए ।

यस्तै कप्तान थिसारा परेराले १४ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजति ३९ रन जोडे । धनन्जय डा शिल्भाले २० बल खेल्दै २ चदका र २ छक्का सहित अविजित ३३ रन जोडे । ओपनर अभिस्का फर्नान्डोले २७ र जोनसन चार्ल्सले २६ रन योगदान गरे । बलिङमा गाल्लेका धननजय लक्सनले ३ विकेट लिए ।

उच्च लक्ष्य पछ्याउने क्रममा सुरुवातदेखि नै विकेट गुमाएपछि गाल्ले दबाबमा परेको थियो । यसअघि उत्कृष्ट ब्याटिङ गर्दै आएका ओपनर भनुस्का गुनतिलका १ रनमै आउट भए । अर्का ओपनर हज्रतुलल्ह जजाई शून्यमा आउट भए भने अहसान अली ६ रन बनाएर आउट भए ।

कप्तान भानुका राजापक्षले सर्वाधिक ४० रन बनाउदा विकेटकिपर आजाम खानले ३६ रन जोडे । बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा जाफ्नाका लागि सोएब मल्लिकले ३ ओभरमा १३ रन मात्र खर्चेर २ विकेट लिए । यस्तै उस्मान सिनवारीले पनि २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । वानिन्दु हसारांगाले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक १७ विकेट लिएका हसारांगा प्लेअफ अफ दि टुर्नामेन्ट घोषित भए । गाल्लेका धनन्जय लक्सन इमर्जिङ प्लेअर अफ दि टुर्नामेन्ट घोषित भए । धनन्जय लक्सनले हसारंगा पछि १३ विकेट लिएका थिए । यस्तै ब्याटिङतर्फ गाल्लेका गुनतिलकाले १० खेलमा ४ अर्धशतकसहित सर्वाधिक ४७६ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment