Comments Add Comment

कोल्नको पोष्टमा लेभरकुजनको चार गोल, बुण्डेसलिगामा लेवान्डोस्कीको २५० गोल पूरा

२ पुस, काठमाडौं । बायर लेभरकुजनले जर्मन बुण्डेसलिगामा उत्कृष्ट प्रदर्शन कायम राख्दै अपराजित यात्रालाई निरन्तरता दिएको छ । गएराति भएको खेलमा एफसी कोल्नलाई ४-० ले पराजित गर्दै लेभरकुजन शीर्ष स्थानमा रहन सफल भएको छ ।

कोल्नको मैदानमा लेभरकुजनले दुवै हाफमा दुई-दुई गोल गरेको थियो । खेलको आठौं मिनेटमै मिचेल वेस्टरले गोल गर्दै लेभरकुजनलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै माउसा डिएबीले गोल गर्दै अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा फ्याट्रिक स्चिक र ५९औं मिनेटमा फ्लोरिन विट्ले गोल गरेपछि लेभरकुजनले सहज जित हात पारेको हो ।

जितपछि लिग लिडर लेभरकुजनले १२ खेलबाट २८ अंक जोडेको छ । जुन दोस्रो स्थानको बायर्नभन्दा १ अंकले बढी हो । बुण्डेसलिगामा लेभरकुजन यस सिजन अपराजित रहने एक्लो टोली हो ।

लेवान्डस्कीको २५०औं गोल

रोर्टो लेवान्डोस्कीले दुई गोल गरेपछि बायर्न म्युनिखले वल्फ्सवर्गविरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।  लेवान्डोस्कीले बुण्डेसलिगामा २५०औं गोल समेत पूरा गरेका छन् ।

घरेलु मैदानमा भएको खेलमा बायर्नले सुरुमै पछि परेको थियो । पाँचौ मिनेटमै म्याक्सिमिलियन फिलिपले गोल गर्दै वल्फ्सवर्गलाई अग्रता दिलाएका थिए ।

तर पहिलो हाफको इन्जुरी टाइममा बायर्नका लागि रोवर्टो लवान्डोस्कीले बराबरी गोल फर्काए । जुन बुण्डेसलिगामा उनको २५०औं गोल समेत हो ।

लेवान्डोस्कीले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई अग्रता दिलाए र उक्त गोल नै निर्णायक बन्दा बायर्नले ३ अंक जोड्न सफल भयो । लेवान्डोस्कीले यस सिजन सबै खाले प्रतियोगितामा गरेर कूल १८ गोल गरेका छन् ।

बुण्डेसलिगामा २५० गोल पूरा गर्ने लेवान्डोस्की तेस्रो खेलाडी बनेका छन् । यसअघि गर्ड मुलरले ३६५ र क्लाउड फिसरले २६८ गोल गरेका छन् ।

लिगकै अर्को खेलमा आरबी लाइपजिगले होफेनहेइमलाई १-० ले पराजित गर्दै बायर्नसमान २७ अंक जोडेको छ । लाइपजिगका लागि ६०औं मिनेटमा युसुफ पाउलसेनले निर्णायक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment