Comments Add Comment

अध्यात्म के हो ?

अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो, ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो, उपनिषद्हरूको दिव्य प्रसाद हो । आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो । यो अलग कुरा हो कि यस प्रयत्नले अहिलेसम्म कति सफलता प्राप्त भयो । अहिलेसम्म निर्मित स्थापनाहरू, धारणाहरू, विश्वास, कल्पना कुनै सीमासम्म यथार्थको परिधिलाई लुकाएर राखिएको हुन्छ । यो प्रश्न अनुत्तरित छ, यस दिशामा अनन्त प्रयत्नहरू अनेक उर्वर मस्तिष्कद्वारा गर्ने गरिएको छ । यसमा कुनै सन्देह छैन ।

वेदको रचनाकाललाई (जो अनुमानित ५००० वर्ष पूर्वको मानिन्छ) ‘वैदिककाल’ भन्ने गरिन्छ । त्यतिबेला हाम्रो सभ्यता कृषि र पशुपालन युगमा थियो । यस समयका निवासीहरू कर्मठ, प्रकृ‍तिप्रेमी, सरल र यस जीवनलाई भरपूर जिउने लालसा युक्त थिए । उनीहरू प्राकृतिक शक्तिहरूको पहिचान गरेर उनीहरुकै उपासनामा लाग्थे । जस्तो मेघ, जल, अग्नि, वायु, सूर्य, उषा, सन्ध्या आदि र स्वयं यिनको या यिनीद्वारा सञ्चालन गर्नेवाला काल्पनिक आकारहरू (जस्तै, वरुण, इन्द्र, रुद्र) लाई देवको रूपमा मान्यता दिइएको थियो । फेरि यसलाई प्रसन्न राख्न र यसको आक्रोशबाट उत्पन्न अनिष्टसँग बाँच्न,  फसल एवं आफूले पालेका जीवजन्तु आदिको सुरक्षा र ती देवबाट उत्पन्न अनिष्टबाट आफ्नो जीवन, अफ्नो फसल, आफ्नो पशुहरूको सुरक्षाको निमित्त अनुष्ठान गर्न थाले । यो अनुष्ठान फेरि आफ्नो कामना–पूर्ति र शत्रुमाथिको विजय आदिको लागि विकसित भयो ।

अज्ञात परतत्वको खोजी, परमात्माको खोजी, परमात्माको अस्तित्व, उसको स्वरूप, गुण, स्वभाव, कार्यपद्धति, जीवात्माको कल्पना, परमात्मासँग उसको सम्बन्ध, यस भौतिक संसारको रचनामा उसको भूमिका, जन्मसँग पूर्व र त्यसपछिको स्थितिका बारेमा गरिने जिज्ञासा, जीवन–मरणको चक्र र पुनर्जन्मको अवधारणा इत्यादि प्रश्नका बारेमा चिन्तन र चर्चाहरू गर्ने गरिएको छ । यसको आधारमा आ–आफ्नो अवधारणाबारे जानकारी दिइएको छ । यसैको आधारमा पुराणहरू एवं अन्य शास्त्रमा व्याख्‍याहरू, कथाहरू, सूत्र, सिद्धान्त समेत लेखिए ।

आधुनिक भौतिक विज्ञानको विकासका साथ प्रयोगधर्मी अनुसन्धानहरू, तार्किक चिन्तन, गणितीय शोध, खगोल सम्बन्धी विभिन्न खोजहरू, पृथ्वीको आकार, गति तथा उसको सूर्य एवं समुच्य ग्रह मण्डलमा स्‍िथतिको सही–सही आकलन गर्नु नै पुराना विश्वासहरु एवं मान्यता स्थापनाको आधार हो । यी कुराहरू अहिले अप्रा‍संगिक लाग्न थालेको छ ।

अहिले त जे कुरा हाम्रो अघि छ, तर्क र वैज्ञनिक प्रयोगसँग प्रमाणित गर्न योग्य छ । त्यही कुरा विश्वसनीय कुरा हुन् । अज्ञात, अबुझ, अपरिभाषित, कल्पनाजन्य, अप्रकट वा असिद्ध तत्व मान्य छ तर वैज्ञानिक विचारधारासँग मेल खानेवाला भएका कारण यो अस्वीकार्य भएको छ ।  फेरि पनि यदि उनीहरू आफ्नो भावना, धारणा, आस्था, मान्यताहरु व्यक्तिगत अनुभवको अनुकूल लाग्छ र हरेक व्यक्ति आफ्नो विश्वास बनाइ राख्नको लागि स्वतन्त्र छ ।

यो पनि सही कुरा हो कि नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पु¥याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ । यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन । यही सच्चा अध्यात्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment