+
+
Shares

राष्ट्रिय सभामा जेनजी प्रतिनिधित्वबारे निर्वाचन आयोग- अहिले कठिन छ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते १५:४९

१५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी राष्ट्रिय सभाको चुनावबाट राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व गराउने विषय कठिन रहेको बताएका छन् ।

राष्ट्रिय सभाको निर्वाचन प्रणाली नै परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै उनले अहिलेको अवस्थामा राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व गर्न नसकिने बताएका हुन् ।

‘राष्ट्रिय सभा सदस्यको यो आवधिक निर्वाचन हो । यदि त्यसमा थोरै चलाउनुपर्‍यो भने संविधान चलाउनुपर्छ । संविधान संशोधन गर्नको लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत चाहिन्छ’ उनले भनेका छन्, ‘त्यसकारण अहिले संविधान चलाउनसक्ने स्थिति नभएको हुनाले अहिले त्यो (राष्ट्रिय सभा निर्वाचनमा जेनजीको प्रतिनिधित्व) अलि कठिन छ ।’

तथापि, सरकारले केही प्रस्ताव गरेर दियो त्यसको कार्यान्वयन गर्न आयोग तयार रहेको पनि उनले बताए ।

सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य रिक्त पदको निर्वाचन गर्दैछ । अगामी २० फागुनमा रिक्त हुने एक तिहाइ सदस्यको निर्वाचन गर्न निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेको हो । गत २३ र २४ भदौमा भएको जेनजी विद्रोहपछि राज्यका रहेक संरचनामा जेनजी पुस्ताको सहभागिता हुनुपर्ने कतिपयको माग छ ।

जेनजी आन्दोलनका अगुवा तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले समेत राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व गराउने सम्बन्धमा चासो राख्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?