Comments Add Comment

नेपाली राष्ट्रिय क्रिकेटका प्रशिक्षक वाटमोर भन्छन् : नयाँ चुनौती हेर्दैछु

३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक डेभ वाटमोरले नयाँ चुनौतीका लागि तयार रहेको बताएका छन् । वाटमोर सामाजिक सञ्जाल ट्वीटरमा शुक्रबार अगाडि नयाँ काम रहेको र चुनौतीलाई हेरिरहेको जनाएका छन् ।

वाटमोरको एजेन्टको रुपमा काम गर्दै आएको वान स्पोर्ट्स इभेन्टले गरेको ट्वीटमा रिट्वीट गर्दै वाटमोरले लेखेका छन्,’धन्यवाद जेरी तपाईंको प्रयासको लागि । अगाडि ठूलो काम छ र चुनौती लागि अघि हेरिरहेको छु ।’

नेपाल क्रिकेट संघ क्यानले बिहीबार अष्ट्रेलियन वाटमोरलाई १ वर्षको लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । श्रीलंकालाई सन् १९९६ को विश्वकप जिताएका प्रशिक्षक वाटरमोरले ४ टेष्ट राष्ट्रको प्रशिक्षण सम्हालिसकेका छन् ।

वाटमोरको लागि नेपाली क्रिकेटका लागि नयाँ अवसरको रुपमा पनि रहेको छ । यसअघि उनले सन् २०१७ मा पनि नेपालमा आएर केही दिन खेलाडीलाई प्रशिक्षण दिइसकेका छन् ।

क्यानमा सचिव अशोकनाथ प्याकुरेलका अनुसार वाटमोर २०२१ जनवरी पहिलो साताभित्र नेपाल आइपुग्नेछन् ।

उनको पहिलो काम आगामी मार्चमा ओमान हुने विश्वकप लिग २ अन्तर्गतको ट्राइ सिरिज हुनेछ ।जहाँ नेपाल, ओमान र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन् ।

यो पनि पढ्नुहोस नेपाल, ‌ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज २०२१ मार्चमा

गत फेब्रुअरीमा नेपालमा भएको लिग २ सिरिजपछि भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि नेपाल मुख्य प्रशिक्षकविहीन थियो । यसबीचमा जगत टमाटाले कार्यावाहक प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment