Comments Add Comment

पल्सर स्पोर्टस् अवार्ड : पिपुल च्वाइस अवार्डको मनोनयन सार्वजनिक

३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डको लागि पिपुल्स च्वाइस अवार्डको मनाेनयन सार्वजनिक भएको छ ।
मञ्चले शुक्रबार एक कार्यक्रम आयोजना गरी पुस २८ गते आयोजना हुने १७ औं संस्करणको अवार्डका लागि पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको हो । जसमा १३ १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा चार स्वर्ण जितेकी पौडीकी गौरिका सिंह र २ स्वर्ण जितेका करातेका मन्डेकाजी श्रेष्ठसहित ५ खेलाडी छन् । मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही र बास्केटबलकी सदिना श्रेष्ठ छन् । भण्डारी, शाही र श्रेष्ठले १३ औं सागमा रजत जितेका थिए । अरुणाको कप्तानीमा महिला भलिबल टिम र सदिनाको कप्तानीमा महिला बास्केटबल टिमले सागमा जितेको रजतको उपाधि अहिलेसम्मको उच्च हो । अरुणाको कप्तानीमा नेपालले गत वर्ष एभिसी सेन्ट्रल जोनमा उपाधि जितेको थियो ।
पल्सर स्पोर्ट्स अवार्डमा कूल १० विधामा अवार्ड वितरण हुनेछ ।
मनोनयनमा परेका खेलाडीलाई ईसेवाबाट पनि भोट गर्न सकिने नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । ईसेवामार्फत भोटिङ, फेसबुक लाइक, मञ्चका सदस्य पत्रकारको मत र राष्ट्रिय संघका मुख्य प्रशिक्षकहरुको मतका आधारमा उत्कृष्ट खेलाडी छनोट हुनेछ ।
शुक्रबार बेलुका ६ बजेदेखि पुस २७ गते राति १२ बजेसम्म मत दिन सकिने मञ्चले जनाएको छ । यसअघि एसएमएसबाट मत लिने गरिए पनि यस वर्ष ईसेवाबाट मत लिने व्यवस्था गरिएको हो । खेलाडीले ईसेवाबाट पाएको मतको भार ५० प्रतिशत र मन्चका पत्रकार र प्रशिक्षकहरुको मतको भार २५-२५ प्रतिशत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment