Comments Add Comment

डेब्युमै ज्याकोवको म्यान अफ दि म्याच प्रदर्शन, पहिलो टी-२० मा न्युजिल्याण्ड विजयी

३ पुस, काठमाडौं । डेब्युटान्ट ज्याकोस डफीको उत्कृष्ट प्रदर्शन अनी टिम सेइफर्टको अर्धशतक मद्दतमा घरेलु टोली न्युजिल्याण्डले पहिलो टी-२० मा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जितपछि तीन खेलको सिरिजमा न्युजिल्याण्डले १-० को अग्रता समेत बनाएको छ ।

अकल्याण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । जवाफमा १५४ रनको लक्ष्य न्युजिल्याण्डले १८.५ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।

घरेलु टोलीका लागि विकेटकिपर ब्याट्सम्यान टिम सेइपर्टले सर्वाधिक ५७ रन बनाए । उनले ४३ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । यस्तै मार्क चापमानले ३४ र ग्लेन फिलिप्सले २३ रन जोडे ।

पाकिस्तानका लागि हारिस राउफले ३ र शाहिन अफ्रिदीले २ विकेट लिए । राउफले ४ ओभरमा २९ रन खर्चदाँ शाहिनले २७ रन खर्चिए ।

त्यसअघि नियमित कप्तान बाबर अजाम चोटका कारण बाहिरिएपछि कार्यवाह कप्तान शदाब खानको सर्वाधिक ४२ रनको मद्दतमा पाकिस्तानले मध्ययम स्कोर बनाएको थियो । शदाबले ३२ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । यस्तै फहिम अस्रफले ३१ रन जोडे ।

न्युजिल्याण्डका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका डफीले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । यस्तै स्कट कुगेलाइनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । इश सोधी र ब्लेयर टिकनरले समान १ विकेट लिए । डेब्युमै उत्कृष्ट प्रदर्शन गरेका ज्याकोव डफी म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment