Comments Add Comment

कोरोनाबाट विदेशमा निधन भएका परिवारलाई आइएमईले दियो राहत

खाडीमा ज्यान गुमाउने सात जनाको परिवारले पाए रकम

३ पुस, काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ ।

शुक्रबार काठमाडौँमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण गरे ।

कामदारको रुपमा विदेश पुगेका मृतकका परिवार मध्ये काठमाडौंमा उपलब्ध सात परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम हस्तान्तरण गरिएको छ ।

आज सहयोग रकम पाउनुहुनेमा कोरोनाको कारण साउदी अरबमा मृत्यु भएका ५ जनाको परिवारले र बहराइन एक जना र कतारमा मृत्यु हुनुभएका एक जनाको व्यक्तिका परिवार छन् ।

सबैले प्रति परिवार ५० हजार रुपैयाँ भन्दा धेरैका दरले भरोसा कोषबाट रकम पाउनु भएको छ । चेक हस्तान्तरण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले श्रमका लागि विदेश पुगेर उतै मृत्युवरण गरेका कामदारका परिवारको पीडालाई थोरै भएपनि कम गर्न कोषले पहल गरेको बताए ।

आइएमईले ब्यवसाय र नाफा मात्र हेर्दैन नेपाली दाजुभाइको संकटको साथी पनि भएको अध्यक्ष ढकालले बताए ।

आइएमईले २०७६ साल पुष १६ देखि २०७७ असोज ३० गते सम्म कोरोनको कारण बिदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो । यस अवधिमा कुल ८१ वटा आवेदन परेको थियो ।

आगामी पुष मसान्त भित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने आइएमई ग्रुपले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment