Comments Add Comment

बारामा ७ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन

३ पुस, वीरगञ्ज । बारामा जिल्ला समन्वय समितिले नियम विपरीत सञ्चालन भएका ७ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

समितिले ढुङ्गा गिट्टी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ अनुसार तत्काल क्रसर उद्योग बन्द गर्न निजगढ नगरपालिकालाई निर्देशन दिएको हो ।

नेपाल क्रसर उद्योग, हिमाल क्रसर उद्योग, लाल बकैया क्रसर उद्योग, चौलागाई क्रसर उद्योग, वैष्णवी क्रसर उद्योग, श्री बकैया क्रसर उद्योग र दंगाल क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

सभापति नवल किशोर साहसहितको टोलीले दुई दिनअघि क्रसर उद्योगहरुको अनुगमन गरेको थियो ।

जिल्लामा समन्वय समितिको सभापतिको संयोजकत्वमा नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री सम्बन्धी प्रक्रियाको अनुगमन गर्ने समिति हुन्छ । उक्त समितिले जुनसुकै बेला अनुगमन गरेर उत्खनन र संकलनकर्तालाई आवश्यक निर्देशन दिन सक्ने व्यवस्था मापदण्डमा छ ।

क्रसर उद्योगहरुको स्थलगत अनुगमन निरीक्षण हुँदा बकैया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ संकलन गरेर भण्डारण गर्ने गरेको पाइएको अनुगमन समितिले जनाएको छ ।

जिल्ला समन्वय समिति बाराका सभापति साहले विगतमा जसरी सञ्चालनमा रहेको भएपनि अब प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन आउन दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment