Comments Add Comment

भारतको निकै खराब प्रदर्शन, अष्ट्रेलिया ८ विकेटले विजयी

४ पुस, काठमाडौं । पहिलो टेष्टमा अष्ट्रेलियाले भारतलाई ८ विकेटले पराजित गरेको छ । यससँगै चार खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।

दोस्रो इनिङ्समा खराब ब्याटिङ गरेको भारत ३६ रनमै अलआउट भएपछि अष्ट्रेलियाले ९० रनको सामान्य लक्ष्य पायो, जसलाई घरेलु टोलीले २१ ओभरमा  ८ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका ओपनर जोए बर्न्सले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए । उनले छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए ।

अर्को ओपनर म्याथ्यु वेडले ३३ रन जोडे । वेडलाई विकेटकिपर ऋद्धिमन साहले रनआउट गरेका थिए । मार्नुस लाबुसचेन ६ रन बनाएर आउट भए । उनलाई रवीचन्द्रन आश्विनले मायांक अग्रवालबाट क्याचआउट गराए ।

स्टिभ स्मिथ १ रनमा अविजित रहे ।

यसअघि अष्ट्रेलियन बलर जोस हाजलउड र प्याट कमिङ्सले घातक बलिङ गरेपछि भारत २१.२ ओभरमा ३६ रनमै अलआउट भयो । ९-१ बाट दोस्रो दिनको खेल सुरु गरेको भारतले थप २७ रन जोडेर अलआउट (मोहम्मद शामी रिटार्ड हर्ट)  भयो ।

यो टेष्ट क्रिकेटमा भारतको अहिलेसम्मकै कम स्कोर हो ।

उसका मायांक अग्रवाल ५ र जसप्रित शुमराह शुन्यले खेल थालेका थिए । बुमराह २ रन बनाएर आउट भएपछि भारतले निरन्तर विकेट गुमायो । कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मायांक अग्रवालले सर्वाधिक ९ रन बनाए ।

चेतेश्वर पुजारा शुन्य , कप्तान विराट कोहली ४, उपकप्तान अजिन्का रहाने शुन्य, ऋद्धिमन साह ४, हनुमा विहारी ८, रविचन्द्र आश्विन शुन्यमा आउट भए । शामी १ रन बनाएर रिटार्ड हर्ट भए । उमेश यादव ४ रनमा अविजित रहे ।

भारतलाई सस्तोमा अलआउट गर्न अष्ट्रेलियाका जोस हाजलउडले ५ र प्याट कमिङ्सले ४ विकेट लिए । हाजलउडले ५ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै जम्मा ८ रन मात्र खर्चिएर ५ विकेट लिए । उनले टेष्टमा २०० विकेट पनि पूरा गरे ।

यस्तै कमिङ्सले १०.२ ओभर बलिङ गर्दा ४ ओभर मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए । मिचेल स्टार्कले ६ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै ७ रन खर्चिए । नाथन लियोनले बलिङ नै गरेनन् ।

एडेलेइडमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा २४४ रन बनाएको थियो । यस्तै अष्ट्रेलियाले पहिलो इनिङ्समा १९१ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment