५ पुस, काठमाडौँ । आर्सनललाई पराजित गर्दै एभरटन प्रिमियर लिगको पाँचौ स्थानमा उक्लेको छ । गएराति भएको खेलमा आत्मघाती गोल र येरी मिनाको गोल मद्दतमा एभरटनले आर्सनललाई २-१ ले पराजित गरेको हो ।
खेलको २२औं मिनेटमा आर्सनलका रब होलडिङले आत्मघाती गोल गर्दा एभरटनले पहिले अग्रता लिएको थियो । ३६औं मिनेटमा निकोलस पेपेले आर्सनलका लागि पेनाल्टीमा बराबरी गोल फर्काए ।
४५औं मिनेटमा येरी मिनाले गोल गर्दै एरभटनलाई पहिलो हाफमै २-१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन सकेन र एभरटन विजयी भयो ।
जितपछि १४ खेलबाट २६ अंक जोड्दै एभरटन दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ३१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ ।
पराजित आर्सनल भने १४ खेलबाट १४ अंकसहित १५औं स्थानमा छ ।
प्रतिक्रिया 4