Comments Add Comment

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

५ पुस, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्ट्सले सिरी ए मा पार्मामाथि शानदार जित हात पार पारेको छ । गएराति भएको खेलमा युभेन्ट्सले पार्मालाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो ।

रोनाल्डोले खेलको २६औं र ४८औं मिनेटमा गोल गरेका थिए । त्यसअघि २३औं मिनेटमा डेजान कुलुस्भेक्सकीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

८६औं मिनेटमा अलभारा मोराटाले गोल थपेपछि युभेन्ट्सले शानदार जित हात पारेको हो ।

पार्मा विरुद्ध दुई गोल गरेपछि सिरी ए मा रोनाल्डोले एकै क्यालेन्डर इयरमा ३३ गोल गर्ने चौथो खेलाडी बनेका छन् । उनले ओमार सिभोरीको ५९ वर्षको कीर्तिमान बराबरी गरेका हुन् ।

युभेन्ट्सका पूर्व फरवार्ड ओमराले १९६१ मा ३३ गोल गरेका थिए । यस्तै सन् १९३३ मा फेलिस बवरेलले ४१ र सन् १९५० मा गुन्नार नोर्दालले ३६ गोल गरेका थिए ।

जितपछि युभेन्ट्सले १३ खेलबाट दोस्रो स्थानको इन्टर समान २७ अंक जोडेको छ । तर इन्टरले १२ खेल मात्र खेलेको छ । १२ खेलबाट २८ अंकसहित एसी मिलान शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment