+
+
Shares

संसद विघटनको सिफारिस राष्ट्रपतिले स्वीकार गर्न हुँदैन : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते ११:००

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्न नमिल्ने बताएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि प्रतिक्रिया दिदै नेता फौडेलले अहिलेको संविधानअनुरुप विघटन गर्न नमिल्ने बताएका हुन् ।

संसद विघटन संविधान र लोकतन्त्रको मर्म विपरीत भएको बताउँदै नेता पौडेलले भनेका छन्, ‘अहिलेको संविधानअनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ ।’

साथै उनले यसले मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने भएकोले गैरलोकतान्त्रिक कदमको भत्सर्ना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?