Comments Add Comment

राष्ट्रपतिले संसद विघटनबारे पुनर्विचार गर्नुस् भन्नुपर्छ : दमननाथ ढुंगाना

५ पुस, काठमाडौं । राष्ट्रपतिले संसद विघटनको सिफारिस पुनर्विचार गर्न पठाउनुपर्ने पूर्वसभामुख दमननाथ ढुंगानाले बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर नयाँ जनादेशमा जाने घोषणा गरेका थिए । संसद विघटनको सिफारिस लिएर उनी शीतल निवास पनि पुगेका छन् ।

पूर्वसभामुख ढुंगानाले भने संसद विघटनको सिफारिस गर्नु भनेको कम्युनिस्ट पार्टीले लोकतन्त्र चलाउन नजान्नु भएको प्रतिक्रिया दिए । ‘यति सुविधाजनक बहुमत हुँदा पनि संसद विघटन गर्न सिफारिस गर्नु भनेको कम्युनिस्ट पार्टी र प्रधानमन्त्रीले लोकतन्त्र र संसद चलाउन नजान्नु हो’ उनले भनेका छन् ।

ढुंगानाका अनुसार संविधानले संसद विघटनलाई एक प्रकारले निषेध नै गरेको छ । संसद विघटनका संविधानले यति धेरै शर्तहरू राख्दा पनि संसद विघटन गर्नुपर्ने कस्तो परिस्थिति सिर्जना भएको होला ? उनले प्रश्न गरेका छन् ।

संविधान अनुसार संसद विघटन गर्न मिल्छ कि मिल्दैन भनेर राष्ट्रपतिले हेर्नुपर्ने उनले बताए । उनले अघि भने मेरो विचारमा राष्ट्रपतिले पुनर्विचार गर्नुस् भनेर पठाउनु राम्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment