६ पुस, काठमाडौं । रियल मड्रिडले आइबरलाई पराजित गर्दै स्पानिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक दूरी बराबरी गरेको छ ।
गएराति भएको खेलमा आइरबलाई ३-१ ले पराजित गर्दै रियल दोस्रो स्थानमा उक्लेको छ । समान अंक भए पनि रियल गोल अन्तरमा पछि छ ।
एट्लेटिकोले १२ खेल खेल्दा रियलले १४ खेल खेलिसकेको छ ।
आइबरको मैदानमा भएको खेलमा करिम बेन्जामाले छैटौं र ला मोडरिचले १३औं मिनेटमा गोल गरेपछि रियलले सुरुमै दुई गोलको अग्रता बनाएको थियो ।
२८औं मिनेटमा आइबरबका किकेले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरे । खेलको इन्जुरी टाइममा लुकास भजक्वेजले गोल गरेपछि रियलले सहज जित हात पारेको हो ।
जितपछि १४ खेलबाट २९ अंक जोड्दै रियलले सोसिडाडलाई पछि पारेको हो । १५ खेलबा६ २६ अंक रहेको सोसिडाड तेस्रो स्थानमा झरेको छ ।
प्रतिक्रिया 4