+
+
Shares

बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते ९:५८

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरूको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरू पनि छन् ।

लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन् ।

संसद विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

आजै प्रचण्ड-माधव नेपाल पक्षले पनि सांसदहरूको अलग्गै बैठक बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?