
६ पुस, काठमाडौं । सशस्त्र द्वन्द्वमा मारिएका आफ्ना छोराको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै गंगामाया अधिकारी फेरि अनसन बसेकी छिन् ।
काठमाडौंको ट्रमा सेन्टरको सातौं तलामा सोमबारदेखि अनसन सुरु गरेकी अधिकारीले यसअघि अनसन तोड्दा पटक पटक आश्वासन पाए पनि न्याय नपाएको बताएकी छन् ।
‘झुटो आश्वासन होइन न्याय चाहियो’ उनले भनिन्, ‘न्याय नपाएर तड्पिएर बाँच्नु भन्दा त मर्नु बेस, बरु अनसनमै मर्छु, न्याय नपाउञ्जेल अन;न तोड्दिन ।’
उनको यो बाह्रौं अनसन हो । यसअघि न्याय पाउने आश्वासनमा उनले पटक पटक को अनसन तोडेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4