Comments Add Comment

पोखरामा केपी ओलीको समर्थनमा प्रदर्शन

६ पुस, पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्षमा नेपाल कम्युनिस्ट पार्टीको युवा र विद्यार्थी संगठनको एक समूहले पोखरामा प्रदर्शन गरेको छ ।

उनीहरुले प्रदर्शनमा नारा लगाउँदै भनेका छन् ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो । यो बिना प्रचण्ड-माधवले चुनाव जितेर देखाऊ ।’ उनीहरुले सही पनि एमाले, मै पनि एमाले नारा पनि लगाएका थिए ।

अनेरास्ववियु कास्की अध्यक्ष विवेक देवकोटाले गलत मान्छेको हातमा देश सुम्पिँदा देशै डुब्ने भएकाले देश जोगाउन कदम चाल्नु बताए । युवा संघका नेता माधव बास्तोलाले देशैभरि केपी ओलीको नेतृत्वमा अर्को चुनावमा जाने बताए । उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको गठबन्धनलाई आपराधिकको संज्ञा दिए । वास्तोलाले प्रचण्ड जेल जानुको विकल्प नभएको पनि जिकिर गरे ।

प्रदर्शनमा युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका ईन्चार्ज दीपक पौडेललगायत पनि सहभागी थिए । पुस १० गते युवा संघले र्‍यालीसहित युवा भेलासमेत आयोजना गरेको छ । ‘भेलामा जनता र नेता कार्यकर्ता कसका पक्षमा छन् भन्ने प्रचण्ड माधवलाई देखाउँछौं’ बास्तोलाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment