+
+

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १४:३३

काठमाडौं । सोमबार काठमार्डौंको खसीबजारमा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो पौने १ बजेतिर खसीबजारमा ड्युटीको क्रममा रहेका प्रहरी हवल्दार शंकर बम सन्यासीलाई रुपन्देहीका ट्रक चालक ४३ वर्षीय एकराज उपाध्यायले आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

सन्यासीलाई उपाध्यायले २०० रुपैयाँ घुस दिने प्रयास गरेको ट्राफिक प्रहरीको दाबी छ । उनलाई अहिले महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?