Comments Add Comment

साउदीले रोक्यो हवाई उडान, नेपालबाट निर्धारित उडान रद्द

६ पुस, काठमाडौं । साउदी अरेबियाले दमाममा सबै अन्तर्राष्ट्रिय हवाई उडानमाथि अस्थायी रोक लगाएको छ । यसले नेपालबाट हुने हवाई उडान समेत रद्द हुने भएका छन् ।

हिमालय एयरलाइन्सका अनुसार साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको छ । सोहीकारण काठमाडौंबाट दमामका लागि निर्धारित उडान रद्द भएका छन् ।

साउदी अरेबियाले दमाममा एक साताका लागि अन्तराष्ट्रिय उडान रोकेको हो । यस्तो प्रतिवन्ध थप एक साता रोकिने सम्भावना रहेको एयरलाइन्सले जनाएको छ । सोहीकारण दमामका कारण नेपालबाट निर्धारित उडान रद्द भएको भन्दै टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्क बीना नै यात्राको मिति परिवर्तन गर्न सक्नेछन् ।

यात्रा गर्न नचाहेमा भने टिकट फिर्ता लिन सकिने भएको छ । दमाम उडान बन्द भएपछि तत्काल नेपाल आउने र नेपालबाट दमाम जाने यात्रु भने प्रभावित हुने भएका छन् । साउदीमा नेपालबाट हिमालयर् एयरलाइन्सले मात्र उडान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment