Comments Add Comment

बालुवाटारमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन

प्रधानमन्त्री निवास बालुवाटार । फाइल फोटो

७ पुस, काठमाडौं । निर्वाचन आयोगमा बुझाउने प्रयोजनका लागि केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन भइरहेको छ ।

हस्ताक्षर संकलन भइरहेकाले बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको केन्द्रीय सदस्यहरुको बैठक सुरु हुन सकेको छैन ।

ओली पक्षले कार्यकारी अध्यक्ष प्रचण्ड र उनी पक्षीय नेताहरुलाई कारबाही गर्ने निर्णय गरी निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको नामावली बुझाउने तयारी गरेको छ । प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुलाई कारबाही गरी अरु केन्द्रीय सदस्यहरु थप्ने ओली पक्षको तयारी छ ।

यसअघि नै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरुको अलग्गै बैठक पनि बस्दै छ । प्रचण्ड–नेपाल पक्षको बैठक दिउँसो १ बजे कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment