Comments Add Comment

के हल खोल्ने निर्णयमा उत्साहित छैनन् कलाकार ?

नेपाल सरकारले ९ महिनादेखि बन्द रहेका चलचित्र भवनहरु खोल्न दिने निर्णय अझै गरेको छैन । तर, हलहरुको छाता संगठन चलचित्र संघले भने पौष १० अर्थात शुक्रबारबाट चलचित्र हल खोल्ने निर्णय गरिसकेको छ । पौष १० गते हलमा कुन चलचित्र चल्छ भन्ने अझै पक्का भएको छैन । तर, पौष १० गतेबाट चलचित्र हल संचालन गर्नका लागि हल व्यवसायीहरु तयार छन् ।

सरकारले बल प्रयोग गरेको खण्डमा गिरफ्तारी दिन समेत तयार रहेको हल संचालकहरुले बताउँदै आएका छन् । तर, चलचित्र संघले पौष १० गतेबाट हल खोल्ने निर्णय लिएपनि यसले चलचित्र क्षेत्रलाई उत्साहित भनेको बनाएको छैन । चलचित्र बनाएर बसेका निर्माताहरु तत्काल चलचित्र रिलिज नगर्ने बताउँदै आएका छन् ।

चलचित्र क्षेत्रदेखि देशको राजनीतिक अवस्थाको बिषयमा बोल्ने धेरै कलाकारहरुले यो बिषयमा केही पनि बोल्न आवश्यक ठानेनन् । कलाकारले अभिनय गरेका चलचित्र रिलिज हुने हल संचालन गर्ने तयारी चलचित्र संघले गर्दा पनि कलाकारहरुले यसमा कुनै पनि चासो नदेखाउनुको कारण के होला ?

चलचित्र संघका पूर्व अध्यक्ष प्रदिप कुमार उदयले केही दिन अगाडि सामाजिक संजालमा स्टाटस लेख्दै कलाकारहरु नबोलेकोमा आश्चर्य प्रकट गरेका थिए । सामाजिक संजालमा अनावश्यक कुरा बढी शेयर गर्न माहिर मानिएका नेपाली चलचित्रका धेरै कलाकारहरुलाई के हल खुल्दा घाटा छ र ?

उदयले, चलचित्र संघले हल खोल्ने निर्णय गर्दा पनि चल्तीका कलाकारहरु जसले हरेक बिषयमा बोल्ने गर्छन् उनीहरुले आफ्नै क्षेत्रको बारेमा नबोलेको देख्या अचम्मित भएको उल्लेख गरेका थिए । उसो त, लकडाउनको समयमा पनि चलचित्र क्षेत्रका धेरै कलाकारहरुले यो क्षेत्रको मुख्य मुद्दा भन्दा अनावश्यक विषयमै बोलेर आफ्नो समय खर्चिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment