Comments Add Comment

गर्भावस्थामा पायल्स भए के गर्ने ?

हुन त गर्भावस्थामा कब्जियत हुने संभावना अधिक हुन्छ । कब्जियतले पायल्स । यतिबेला महिलाको स्वास्थ्य फरक ढंगबाट गुज्रिरहेको हुन्छ । गर्भमा शिशुको विकासको कारण भइरहँदा महिलाको मासिक चक्र खण्डित हुन्छ । यही कारण कब्जियत हुन्छ । कब्जियत नै पायल्सको मूल कारण हो ।  यो समस्या विशेषगरी गर्भावस्थाको १७ औं र १८ औं सप्ताहममा हुन्छ ।

सुरुवाती दिनमा मल त्याग वा दिसा गर्न कठिनाई हुन्छ । मलद्वारको आसपासको भागमा दुखाई र चिलाउने समस्या हुन्छ । साथै दिसा गरेको बेला रगतको थोपा तप्किन थाल्छ । मलद्वारको आसपासमा मासुको स–सना दाना देखिन थाल्छ । कुनै कडा ठाउँमा बस्दा असजिलो महसुष हुन्छ ।

गर्भवतीको शरीरमा प्रवाहित भइरहेको रगतको मात्रा बढ्छ । र, प्रोजेस्टेरोन हर्मोनलाई हाइ लेभल ब्लड वेसलको भित्ता शिथिल बनाइदिन्छ । यसैले पायल्सको समस्या हुन्छ ।

गर्भावस्थामा पायल्सको समस्या हुनु आम हो । चाहे तपाईं गर्भवती हुनुअघि यस्तो समस्याबाट ग्रसित भएको होस् वा गर्भावस्थामा नै । कतिपय महिलाले प्रसुतीपछि यस समस्याको सामना गर्नुपर्ने पनि हुन्छ ।

तपाईंलाई थाहै छ, गर्भावस्थामा चिकित्सकले आयरन सेवन गर्नका लागि सुझाव दिन्छन् । कहिले काहीँ आइरन बढी हुँदा पनि पायल्सको समस्या हुनसक्छ ।

गर्भावस्थामा पाचनको समस्या हुन्छ, जसको कारण पनि यस्तो जटिलता थपिन सक्छ । शिशुको जन्मपछि पायल्स आफै ठिक हुनपनि सक्छ । कतिपय अवस्थामा भने पायल्स ठिक हुन बर्षदिन पनि लाग्न सक्छ ।

कतिपय महिलामा पायल्स हुने संभावना प्रसूती व्यथा लागेको बेला हुनसक्छ । किनभने त्यसबेला महिलाहरुको गर्भबाट बच्चा बाहिर निस्कनका लागि पुरा बल गरिरहेको हुन्छ । यही कारण मलद्वारको नसा आसपास सुन्निन थाल्छ ।

पायल्सबाट कसरी बच्ने त ?

गर्भवस्थामा पायल्स हुने संभावना त धेरै हुन्छ । यद्यपी यसबाट बच्न नसिकने होइन । पायल्सको समस्याबाट छुटकारा पाउनु भनेको कब्जियतको अवस्था आउन नदिनु हो ।

–यसका लागि शरीरमा पानीको मात्रा धेरै हुनुपर्छ । नियमित मात्रामा दिनमा १० गिलास जति पानी पिउने ।

–चिया वा क्याफिनको सेवन नगर्ने ।

–फाइबरयुक्त खानेकुरा सेवन गर्ने ।

–पर्याप्त मात्रामा फल र सब्जी खाने ।

–तरल वा झोलपदार्थ बढी सेवन गर्ने ।

–नियमित व्यायाम गर्ने ।

–जब दिसा लाग्छ, तब ट्वाइलेट जाने ।

–दिसा गर्दा जबरजस्ती वा बल नगर्ने ।

यी प्राकृतिक उपाय हुन् । यदि यी सबै विधी अपनाउँदा पनि कब्जियत भइरहेमा वा पायल्सको संभावना भएमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

अक्सर महिलाहरु गर्भवती भएपछि आरम गर्छन् । गर्भको बच्चालाई केही होला कि भनेर शारीरिक रुपमा सक्रिय हुँदैनन् ।

यद्यपी गर्भावस्थामा पनि शारीरिक सक्रियता जरुरी हुन्छ । यदि पेटमा बच्चाको स्थिती सही छ भने कब्जियतको समस्या हुँदैन । त्यसैले महिलाहरु स्थिर अवस्थामा रहनु हुँदैन । लामो समयसम्म उठिरहने, वा लामो समय बसिरहने नगरौं । यताउता हिँड्ने, बस्ने, उठ्ने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment