+
+
Shares

निजी क्षेत्रका समस्या प्रभावकारी ढंगले समाधान हुन्छ : अध्यक्ष गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते १८:४०

७ पुस, वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रका साझा समस्या प्रभावकारी ढंगले समाधान हुने बताएका छन् । उनले महासंघलाई नयाँ तवरबाट परिभाषित गराउने उद्देश्यले काम सुरु भइसकेको समेत बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रत्येक दिन दुई बजेपछि अध्यक्ष तथा पदाधिकारीहरु नियमित रुपले महासंघमा बसेर सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले उद्योग, व्यापार, व्यवसाय, बैंक, वित्तीय संस्था, कर, राजस्व सम्बन्धी निजी क्षेत्रसँग जोडिएका आर्थिक मुद्दाहरुको चाङ्ग नै रहेको बताए । उनले उपत्यका बाहिरका उद्यमी, व्यवसायीहरुको समस्या र सरोकार सम्बन्धी फाइल महासंघको कार्यालयमा धुलो खाएर बसिरहेको भन्दै असन्तुष्टि जनाए ।

महासंघका कार्यकारिणी समितिमा अध्यक्ष केडिया तथा वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता निर्वाचित भएका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिकाले पर्सेली अर्थकर्मीहरुको लागि विशेष योजना ल्याएको दाबी गरे ।

त्यस अवसरमा महासंघका नवनिर्वाचित अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश श्रेष्ठ, एशोसिएट्स समूहबाट निर्वाचित उपाध्यक्ष रामचन्द्र संघई तथा कार्यकारिणी समिति सदस्यहरु अरुणराज सुमार्गी, डीबी बस्नेत तथा विजय साहलाई स्वागत तथा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?