Comments Add Comment

‘मिसन मज्नु’बाट बलिउडमा डेब्यू गर्दै रश्मिका

चलचित्र ‘उरी’को सफलतापछि रोनी स्क्रिुवालाले निर्माता अमर वुटालासँग नयाँ चलचित्रका लागि सहकार्य गरेका छन् । चलचित्रको नाम ‘मिसन मज्नु’ राखिएको छ । यो चलचित्र सन् १९७० मा भारतले गरेको महत्वकांक्षी गोप्य अप्रेशनमा आधारित रहेर निर्माण गर्न लागिएको हो ।

भारतले गरेको यो अप्रेशनकै कारण भारत र पाकिस्तानविचको सम्बन्ध सधैका लागि परिवर्तन भएको थियो । यो चलचित्रमा नायक सिद्धार्थ मल्होत्राले काम गर्ने पक्का भएको छ । चलचित्रमा उनी र एजेन्टको भूमिकामा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो चलचित्रमा ‘डियर जिन्दगी’ चलचित्रका कारण विश्व बजारमा सर्वाधिक चर्चा पाएकी साउथकी नायिका रश्मिका मन्दनाले काम गर्दैछिन् । उनको यो बलिउड डेब्यू चलचित्र हो ।

यो चलचित्रलाई सन्तानु बाग्चीले निर्देशन गर्दैछन् । निर्माता रोनीका अनुसार, हजार भन्दा बढी सैनिकहरुको मिहिनेतले सफल भएको अप्रेशनलाई पर्दामा देखाउन सहज छैन । चलचित्रले देशका लागि आफ्नो ज्यानको बाजी लगाउने योद्धाहरुको कथा भन्ने निर्माताको भनाई छ ।

चलचित्रमा काम गर्ने पक्का भएपछि रश्मिकाले भारतीय मिडियासँग भनेकी छिन्–‘मैले दर्शकको अपार माया पाएकी छु । म सधै नै देशको कथा जोडिएको चलचित्रमा काम गर्न इच्छुक थिएँ । मैले अहिलेसम्म हिन्दी भाषाको चलचित्रमा काम गरेकी छैन । यसैले, यो चलचित्र मेरा लागि विशेष छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment