+
+
Shares

नेकपा दाङले भन्यो– ओलीमा दक्षिणपन्थी विचलन

खड्काद्वारा केन्द्रीय सदस्य पद अस्वीकार

टोपराज शर्मा टोपराज शर्मा
२०७७ पुष ९ गते १०:४४
नेकपा दाङ जिल्ला अध्यक्ष टिकाराम खड्का

९ पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलको गृह जिल्ला दाङको जिल्ला कमिटी नेतृत्वले प्रतिनिधि सभा विघटन गर्ने कदमको भत्र्सना गरेको छ ।

नेकपा दाङ इन्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खड्का र सचिव तुल्सीराम पुनले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीमा दक्षिणपन्थी विचलन आएको र प्रतिक्रियावादी शक्तिबाट परिचालित भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीको कदमले कम्युनिष्ट आन्दोलनमाथि गद्दारी भएको भन्दै यसविरुद्ध एकजुट हुन र पार्टी एकताबाट विचलित नहुन कार्यकर्तालाई अपील गरिएको छ ।

केन्द्रीय सदस्य पद अस्वीकार

यसैबीच जिल्ला अध्यक्ष टिकाराम खड्कालाई ओली समूहले केन्द्रीय सदस्यमा मनोनित गरेकोप्रति पनि खड्काले आपत्ति जनाएका छन् । पार्टी फुटाउने कुत्सित उद्देश्यले अल्पमत सदस्यहरुको बैठक बसेर आफूखुशी केन्द्रीय सदस्य मनोनित गरिएको भन्दै उनले उक्त पद अस्वीकार गरेको अनलाइनखबरलाई बताए ।

‘म नेकपा दाङको जिल्ला अध्यक्ष हुँ, जसलाई जतिबेला मनलाग्यो उतिबेला बाँड्दै हिँड्ने सरकारी नियुक्ति जस्तो हो र कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य पद ?’ अनलाइनखबरसँगको कुराकानीमा खड्काले भने, ‘सबैतिर अल्पमतमा परेपछि पार्टी फुटाउन बहुमत देखाउने नियतले गरिएको कथित केन्द्रीय सदस्य पद स्वीकार्ने सवालै हुन्न ।’

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?