९ पुस, कैलाली । कञ्चनपुरमा आगो ताप्ने क्रममा एकजना महिलाको जलेर मृत्यु भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका–६ प्रतिभानगर, टाउनमा आफ्नै घरमा आगो ताप्ने क्रममा ३५ वर्षीया गीता थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
आगोमा परी गम्भीर घाइते भएकी थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4