Comments Add Comment

२० करोड राजस्व छली गर्नेविरुद्ध मुद्दा दायर

९ पुस, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीका तीन घटनामा २० करोड रुपैयाँ विगो माग दावी गर्दै विभिन्न र्फमका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागका अनुसार विभिन्न र्फमका प्रोप्राइटरविरुद्ध १९ करोड ९६ लाख रपैयाँ विगो असुल उपर गरी जरिवाना र कैद सजायसमेत माग गरी उच्च अदालत पाटनमा दुई र जनकपुर अस्थायी इजलास वीरगन्जमा एउटा मुद्दा दर्ता भएका छन् ।

विभागका अनुसार झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा कविला सप्लायर्स सेन्टरका सञ्चालक भारतीय नागरिक किशोर चौधरीविरुद्ध २ करोड १४ लाख विगो दावी गर्दै मुद्दा दर्ता गरिएको छ ।

उता धनुषा स्थायी घर भई ललितथपुर बस्ने शिवम प्याकेजिङ एण्ड सप्लायर्सका संचालक सितादेवी जैसवालबाट ५ करोड ५५ लाख विगो माग्दै मुद्दा दायर भएको छ ।

रौटहत स्थायी घर भएका काँडाघारस्थित श्रीगौतम सप्लायर्सका संचालक मुकेश प्रसाद चौधरीबाट ५ करोड ३२ लाख विगो माग गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागका अनुसार यी तीन प्रतिष्ठानले झुट्टा तथा नक्कली कर बीजक खरीद देखाई सोही अनुसार आयकरतर्फ खरीद खर्च लिएको देखिएको छ ।

मूल्य अभिवृद्धि करतर्फ ट्याक्स क्रेडिट लिई कानुन बमोजिम सरकारलाई बुझाउनु पर्ने भ्याट र आयकर छली गरेको आरोप उनीहरुविरुद्ध रहेको छ ।

उता, विभागले सोही अभियोगमा बारास्थित शिवम ट्रेडर्स एण्ड सप्लायर्सका संचालक जगदिश सहनी मलाहसमेत ७ जना विरुद्ध ४ करोड ७९ लाख रुपैयाँ विगो माग दावि गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

टे्रडर्सबाट वस्तु तथा सेवा खरीद नै नगरी झुट्टा तथा नक्कली मुआक बीजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत राजस्व चुवावटको कसुर गरेको आरोप विभागले लगाएको छ ।

बिहीबार नै विभागले राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गरी राजस्व छली गरेको अभियोगमा कास्की, पोखरा स्थित अनुष्का मल्टिप्रपोज कम्निीका सञ्चालक शिवलाल तिम्लसिनासमेत ३ जना विरुद्ध जनकपुर अस्थायी इजलास वीरगन्जमा मुद्दा दर्ता गरेको छ । यस कम्पनीबाट १ करोड ८२ लाख विगो असुल गर्नुपर्ने माग दावी विभागको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment