+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भक्तपुरमा ट्रक पल्टिँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १३:१४

१० पुस, काठमाडौं । भक्तपुरमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-८ स्थित आदर्श महेश्वरी पेट्रोलपम्प पुल नजिकै ना ६ ख ३९८२ ट्रक अनियन्त्रित भई पल्टिँदा पर्साको वीरगञ्ज महानगरपालिका-१२ का ३० वर्षीय कैमोदिन अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ आउँदै गरेको उक्त ट्रक शुक्रबार बिहान करिब सवा दुई बजेको समयमा अनियन्त्रित भई पल्टिँदा ट्रकको ढोकाले च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

गिरीका अनुसार ट्रक पल्टिँदा उक्त ट्रकमा रहेका ११ वटा भैँसीलाई सामान्य चोट लागेको छ । दुर्घघटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?