Comments Add Comment

कानुनी प्रक्रिया पूरा नगरेका वीरगञ्जका ७ पसल कारबाहीमा

१० पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा बजार अनुगमनका क्रममा ७ वटा पसललाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नेतृत्वको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।

मा बनारसी इन्टरप्राइजेज, शोभा किराना पसललाई २०/२० हजार, जय मा किराना स्टोरलाई १० हजार, सीमी आर्युवेद फार्मेसी, एनयू ट्रेडिङ, एचएम ट्रेडर्स, देवी किराना पसललाई ५/५ हजार जरीवाना गरिएको सहायक प्रजिअ पौडेलले जानकारी दिए ।

दुई वटा पसलले असहयोग गरेकोले ५/५ हजार र अन्यले आवश्यक कानुनी प्रक्रिया पूरा नगरेकोले ५ देखि २० हजार जरिवाना गरिएको उनले बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय पत्रकार महासंघ पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधि अनुगमनमा सहभागी भएका थिए । कानुनी प्रक्रिया पूरा गरेर मात्रै पसल व्यवसाय सञ्चालन गर्न व्यवासयीलाई सचेत समेत गराइएको उपभोक्ता हित संरक्षण मञ्चका वीरगञ्ज नगर अध्यक्ष अजित भुजेलले बताए ।

व्यापारीहरुले भने पसलको मासिक आम्दानी भन्दा बढी जरीवाना गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । चार वटा समानको खरिद बिल देखाउन नसक्दा २० हजार जरीवाना गरिएको मा वनारसी इन्टरप्राइजेजका सञ्चालक रामरत्न प्रसाद कुशवाहाले गुनासो गरे ।

‘९५ प्रतिशत समानको बिल छ, खरिद, बिक्री बिल देखाएको हो । विस्कुट, घीउ, तेल र च्यवनप्रासको बिल दिन सकिन,’ उनले भने, ‘कुनै समान वीरगञ्जमा पाइँदैन, सानो पसल भएकोले रक्सौलबाट ल्याउँछौं । महिनामा १० हजार कमाइ छ, २० हजार जरीवाना लिएर अन्याय गरेको छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment