
१० पुस, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेश कांग्रेस संसदीय दलले बैठक बोलाएको छ ।
नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक घटना क्रमबारे छलफल गर्न शुक्रबार चार बजे बैठक बोलाइएको बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले जानकारी दिए ।
प्रचण्ड–माधव समूहका ४५ जना सांसदहरुले मुख्यमन्त्रीविरुद्ध शुक्रबार नै प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4