
१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नाममा भएका सम्पत्तिहरुमा दाबी गरेका छन् ।
शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफू नेतृत्वको पार्टी नै वैधानिक नेकपा भएको भन्दै पार्टीको सम्पत्तिमा दावी गरेका हुन् ।
‘सम्पत्तिको बारेमा पनि कुरा क्लियर छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो । नेकपाका नाममा भएका जति पार्टी कार्यालयहरु छन् । सम्पत्तिहरु छन् । त्यो नेकपाकै हुनेछ । हाम्रो हुनेछ’, उनले भने ।
तर, पार्टीको नाममा भएका सम्पत्ति बाहेक अरुमा दाबी नरहेको उनले बताए । ‘जहाँसम्म अरु कसैको प्राइभेट कम्पनीहरु छन् भने त्यो प्राइभेट कम्पनीको सम्पत्ति हामी लिँदैनौं । उतै रहोस्’, नेपालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4