+

बक्सिङ डे टेष्टका लागि भारतीय टोलीमा चार परिवर्तन

२०७७ पुष  १० गते १८:३२ २०७७ पुष १० गते १८:३२
बक्सिङ डे टेष्टका लागि भारतीय टोलीमा चार परिवर्तन

१० पुस, काठमाडौं । भारतले अस्ट्रेलिया विरुद्ध हुने बक्सिङ डे टेष्टका लागि पहिलो रोजाइका ११ खेलाडीको नाम घोषणा गरेको छ । बोर्डर गावास्कार ट्रफी अन्तर्गत दोस्रो टेष्टका लागि अजिन्का रहानेको कप्तानीमा घोषित टोलीमा अघिल्लो टेष्टबाट ४ खेलाडी परिवर्तन गरिएको छ । जसमा दुई खेलाडीले टेष्टमा डेब्यु गर्दैछन् ।

नियमित कप्तान पाटेरनिटी लिभ लिँदै भारत फर्केपछि रहानेले कार्यवाहक कप्तानको भूमिका निर्वाह गर्दैछन् । शुभमन गिल र मोहम्मद सिराजले पहिलो पटक टेष्ट क्रिकेट खेल्दैछन् । यस्तै विकेटकिपर ऋषभ पन्त र अलराउण्डर रविन्द्र जडेजा दोस्रो टेष्टका लागि टिममा परेका छन् ।

भारतले खराब फर्ममा रहेका पृथ्वी श को स्थानमा गिललाई डेब्यु गराउन लागेको हो । यस्तै चोटका कारण टेष्ट सिरिजबाटै बाहिरिएका मोहम्मद सामीको स्थानमा सिराजले डेब्यु गर्दैछन् । विकेट किपर ऋद्धिमनको स्थानमा ऋषभ पन्तले खेल्न लागेका हुन् ।

कप्तान कोहलीको स्थानमा भने भारतले अलराउण्डर जडेझालाई टिममा राख्दै पाँचौ बलरको रुपमा प्रयोग गर्ने भएको छ ।

पहिलो टेष्टमा भारत अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय