Comments Add Comment

भलिबलका प्रशिक्षक रिमालको निधन

१० पुस काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक सुदेश रिमालको निधन भएको छ ।

टाउकोमा समस्या आएपछि बुधबार न्युरो हस्पिटलमा भर्ना भएका रिमालको शुक्रबार निधन भएको हो । उनलाई ब्रेन ह्यामरेज भएको थियो ।

तालिम तथा प्रशिक्षण विभागका डेपुटी डाइरेक्टर दीपक राज शाहीका अनुसार हिँड्ने क्रममा खुट्टामा समस्या देखिएपछि उनको पाटन अस्पतालमा एमआरआई गरिएको र त्यहाँबाट न्युरो जान सुझाव दिएपछि रिमाल न्युरो अस्पताल लगिएको थियो ।

उनलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार गरिएको त्यसपछि पनि होसमा नआई रिमालको निधन भएको शाहीले जानकारी दिए ।

भलिबलको पूर्व मुख्य प्रशिक्षक समेत रहेका रिमाल १३औं दक्षिण एसियाली खेलकुदमा नेपालको बिच भलिबलका प्रशिक्षक थिए ।

राखेपले रिमालको निधनमा शनिबार बिहान ११ बजे त्रिपुरेश्वरमा श्रद्धाञ्जली कार्यक्रम गर्ने जनाएको छ । रिमालका छोरा अष्ट्रेलियाबाट आजै बेलुका नेपाल आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment